NM Khabar 8 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

मौसम विभागले गर्‍यो सरदरभन्दा कम वर्षाको प्रक्षेपण

जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण सार्वजनिक गरेको छ। यसैगरी अधिकतम र न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने विभागले जनाएको छ।
Sanjay Karki
Sanjay Karki
8 May 2026, 2:05 pm १ मिनेट पढाइ
आकार:
Share:

जल तथा मौसम विज्ञान विभागले यस वर्ष सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण सार्वजनिक गरेको छ।

विभागले आज ललितपुरमा एक कार्यक्रम आयोजना गरी मनसुन अवधि (१८ जेठदेखि १४ असोजसम्म) को सम्भावित अवस्थाबारे जानकारी दिएको हो। मौसमविद सुदर्शन हुमागाईंका अनुसार देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने सम्भावना छ।

विभागको प्रक्षेपणअनुसार, कर्णाली प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेशका अधिकांश भूभाग, मधेश प्रदेशका पूर्वी भूभाग र कोशी प्रदेशका दक्षिण भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशतसम्म छ।

यसको विपरीत, सुदूरपश्चिम प्रदेशका अधिकांश भूभाग, मधेश प्रदेशका पश्चिमी भूभाग र कोशी प्रदेशका मध्य भूभागमा भने सरदरभन्दा बढी वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको छ। कर्णाली प्रदेशका उत्तरी भूभाग तथा कोशी प्रदेशका उत्तरी भूभागमा सरदर वर्षा हुने सम्भावना रहेको पनि विभागले उल्लेख गरेको छ।

मौसमविद हुमागाइँले दिएको जानकारीअनुसार, मनसुन अवधिमा अधिकतम र न्यूनतम तापक्रम देशभर सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ६५ प्रतिशतसम्म छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

Nmkhabar का ब्रेकिङ न्युज डेस्क संवाददाता। तत्काल समाचार र ठूला घटनाको छिटो, सटिक र भरपर्दो रिपोर्टिङका लागि परिचित।

सम्बन्धित समाचार