सुस्तामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)को हस्तक्षेपविरुद्ध नेकपा (माओवादी)ले माइतीघर मण्डलामा प्रदर्शन गरेको छ। शनिबारको प्रदर्शनमा सहभागीहरूले ‘भारतीय साम्राज्यवाद मुर्दावाद’, ‘देशद्रोही बालेन सरकार मुर्दावाद’ तथा ‘राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको रक्षा गरौँ’ लेखिएका प्लेकार्ड बोकेका थिए।
प्रदर्शनकारीले भारतीय विस्तारवादको निन्दा गर्दै राष्ट्रिय हित रक्षाको माग गरे। उनीहरूले सरकारको भूमिकामाथि प्रश्न उठाउँदै तत्काल कूटनीतिक पहलको जोड दिए।
