काठमाडौं। बजेटमाथिको छलफलमा मन्त्रीहरु उपस्थित नभएपछि एमाले सांसद राजेन्द्र राईले रोस्टममा उभिएर विरोध जनाए। यस क्रममा प्रतिनिधि सभाको बैठक १० मिनेटका लागि स्थगित भयो।
राईले संसदीय परम्परा अनुसार छलफलमा सम्बन्धित मन्त्रीको उपस्थिति अनिवार्य रहेको बताए। जनताका प्रश्नको जवाफ दिन मन्त्रीको उपस्थिति आवश्यक रहेको उनको भनाइ थियो।
‘मलाई त बाहिर पत्रकारले पनि प्रश्न गर्छन्। जनताले पनि गर्छन् मैले कसरी जान मिल्छ सभामुखज्यू। तपाइँ विधि बसाल्न आउनुभएको छ,’ राईले बैठकमा भने।
उनले आफूले कुरा राख्दा सम्बन्धित मन्त्री उपस्थित नभएको अवस्थामा जनताले प्रश्न गर्ने भएकाले आफू बोल्न नसकेको गुनासो गरे।
