NM Khabar 9 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

मन्त्रीहरूको वरीयताक्रम हेरफेर: सुधन पाँचौं, महावीर आठौं

प्रधानमन्त्री बालेन शाहको मन्त्रिपरिषद्मा नयाँ नियुक्तिसँगै मन्त्रीहरूको वरीयताक्रम हेरफेर भएको छ। गृह मन्त्रालयको जिम्मेवारी पाएका सुधन गुरुङ पाँचौं स्थानमा छन्। नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन आठौं स्थानमा परेका छन्।
Laxmi Bhattarai
Laxmi Bhattarai
9 June 2026, 6:17 pm १ मिनेट पढाइ
आकार:
मन्त्री वरीयताक्रम
Share:

गृह मन्त्रालयको जिम्मेवारीमा फर्किएका सुधन गुरुङ मन्त्रिपरिषद्मा पाँचौं वरीयतामा परेका छन्। नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन आठौं स्थानमा छन्। राष्ट्रपति कार्यालयले मंगलबार नयाँ मन्त्रीहरूको कार्यविभाजनसहितको संशोधित मर्यादाक्रम सार्वजनिक गरेको हो।

संशोधित मर्यादाक्रमअनुसार गुरुङ ऊर्जामन्त्री विराजभक्त श्रेष्ठभन्दा पछाडि छन्। पुन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमभन्दा पछाडि रहनेछन्।

मन्त्रिपरिषद्को शीर्ष स्थानमा प्रधानमन्त्री बालेन शाह छन्। दोस्रोमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, तेस्रोमा परराष्ट्रमन्त्री शिशिर खनाल र चौथोमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ छन्।

छैटौं स्थानमा पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र सातौंमा कानुनमन्त्री सोविता गौतम छन्। आठौं स्थानमा रहेका पुनपछि महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सिता बादी नवौं र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावल दशौं वरीयतामा छन्।

प्रधानमन्त्री बालेनले रिक्त र नयाँ मन्त्रालयमा नियुक्ति गरेपछि यो हेरफेर भएको हो।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा (९) बमोजिम नयाँ मर्यादाक्रम तोकेको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

गुरुङ र पुनले मंगलबार शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएका छन्। मन्त्रिपरिषद्मा हाल १७ जना सदस्य छन्।

वरीयताक्रमको अन्तिम स्थानमा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव छन्।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार