NM Khabar 28 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

मोरङमा आठ वर्षीया बालिकामाथि जबरजस्ती करणी: आरोपी पक्राउ

मोरङको बेलबारीमा आठ वर्षीया बालिकामाथि जबरजस्ती करणी भएको घटनामा प्रहरीले एक आरोपीलाई पक्राउ गरेको छ। पीडितकी आमाले दिएको जाहेरीपछि प्रहरीले उनलाई घरबाटै नियन्त्रणमा लिएको हो।
Kamala Devi
Kamala Devi
28 August 2026, 5:32 pm १ मिनेट पढाइ
आकार:
बालिकामाथि जबरजस्ती करणी
Share:

मोरङको बेलबारी नगरपालिका वडा नम्बर ८ मा आठ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

गत भदौ १ गते आफ्नै घरको कोठामा बालिकामाथि करणी भएको भन्दै पीडितकी आमाले बिहीबार इलाका प्रहरी कार्यालय, बेलबारीमा लिखित जाहेरी दिएकी थिइन्।

जाहेरी परेलगत्तै प्रहरी टोलीले आरोपीलाई घरबाटै नियन्त्रणमा लिएको हो।

पक्राउ परेका व्यक्तिलाई इलाका प्रहरी कार्यालय, बेलबारीमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएको छ।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार