NM Khabar 7 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

मोरङमा प्रहरीको गोली लागेर लागुऔषध कारोबारी पक्राउ

मोरङ प्रहरीले गोली चलाएर करिब आधा किलो ब्राउन सुगरसहित एक जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ। रतुवामाई नगरपालिकामा सोमबार राति घटना भएको हो।
NM Khabar
NM Khabar
21 April 2026, 1:03 pm १ मिनेट पढाइ
आकार:
विज्ञापन Sponsor
Share:
    मुख्य कुराहरू:

  • मोरङ प्रहरीले गोली चलाएर एक लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ।
  • २१ वर्षीय मोहम्मद आविद मियाँ करिब आधा किलो ब्राउन सुगरसहित पक्राउ परेका छन्।
  • घटना मोरङको रतुवामाई नगरपालिका–१ हटिया डाँडामा सोमबार राति भएको हो।
  • भारतबाट लागुऔषध ल्याउँदै गरेको आशंकामा रोक्न खोज्दा कारोबारी भागेका थिए।
  • प्रहरीले दुई राउण्ड हवाइ फायर गरेपछि मियाँलाई पक्राउ गर्न सफल भयो।

मोरङ प्रहरीले गोली चलाएर एक लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ। सोमबार राति मोरङको रतुवामाई नगरपालिका–१ हटिया डाँडामा यो घटना भएको हो।

प्रहरीले स्थानीय २१ वर्षीय मोहम्मद आविद मियाँलाई नियन्त्रणमा लिएको छ। उनको साथबाट करिब आधा किलो लागुऔषध (ब्राउन सुगर) बरामद भएको छ।

भारतबाट लागुऔषध ल्याउँदै गरेको आशंकामा प्रहरीले मियाँलाई रोक्न खोजेको थियो। उनी प्रहरीलाई छलेर भाग्न खोजेपछि गोली चलाइएको हो।

प्रहरीले दुई राउण्ड हवाइ फायर गरेपछि मियाँलाई पक्राउ गर्न सफल भयो। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

NM Khabar

NM Khabar

संवाददाता · NM Khabar

NM Khabar का आधिकारिक संवाददाता। सत्य, तथ्य र निष्पक्ष समाचारको लागि हामीलाई पछ्याउनुहोस्।

सम्बन्धित समाचार