देशैभरि परिरहेको अविरल वर्षा, बाढी र पहिरोले मुख्य राजमार्ग तथा सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्। यात्रुहरूले ठूलो सास्ती खेप्नुपरेको छ।
नेपाल प्रहरीले मंगलबार बिहान ७ बजेसम्मको विवरण सार्वजनिक गर्यो। प्रहरीले यात्रुहरूलाई सचेत रहन र सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ। सडक अवरुद्ध हुँदा दैनिक जनजीवन प्रभावित भएको छ।
ललितपुरको बागमती गाउँपालिका–३ भट्टेडाँडामा भदौ १५ गते पहिरो खसेको थियो। यस पहिरोले सडकमा ठूलो क्षति पुर्याएको छ। तत्काल सडक सञ्चालनमा आउने सम्भावना कम रहेको छ।
