NM Khabar 30 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषदबाट स्वीकृत, अर्थमन्त्रीले तोडे ब्रिफकेस परम्परा

आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट मन्त्रिपरिषदबाट स्वीकृत भएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दा नेपाली कागजमा बेरिएको मस्यौदा प्रयोग गरी दशकौंदेखिको ब्रिफकेस बोक्ने परम्परा तोडेका छन्। स्वीकृत बजेट आज अपराह्न ४ बजे संघीय संसद्मा प्रस्तुत गरिनेछ।
NM Khabar
NM Khabar
29 May 2026, 4:02 pm १ मिनेट पढाइ
आकार:
Share:

आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट मन्त्रिपरिषदबाट स्वीकृत भएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नेछन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार बसेको बैठकले बजेट पारित गरेको हो। अर्थमन्त्री वाग्लेले दशकौंदेखिको ‘बजेट ब्रिफकेस’ बोक्ने परम्परा तोडेका छन्। उनले नेपाली कागजमा बेरिएको बजेटको मस्यौदा प्रस्तुत गरे।

विगतमा अर्थमन्त्रीहरूले छालाको ब्रिफकेसमा बजेटका दस्ताबेज बोक्ने गरेका थिए। पूर्वअर्थमन्त्री वर्षमान पुनले स्वदेशी उत्पादन प्रवर्द्धन गर्न अल्लोको धागोको ब्याग प्रयोग गरेका थिए। डा. वाग्लेले मौलिक नेपाली कागज रोजेर नयाँपन दिएका हुन्।

मन्त्रिपरिषदबाट बजेट स्वीकृत भएसँगै अर्थमन्त्री डा. वाग्लेले दिउँसो ४ बजे संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नेछन्।

NM Khabar

NM Khabar

संवाददाता · NM Khabar

NM Khabar का आधिकारिक संवाददाता। सत्य, तथ्य र निष्पक्ष समाचारको लागि हामीलाई पछ्याउनुहोस्।

सम्बन्धित समाचार