NM Khabar 17 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

राष्ट्र बैंकले आजदेखि ५०० का नयाँ नोट चलायो

नेपाल राष्ट्र बैंकले आज बुधबारदेखि ५०० रुपैयाँका नयाँ नोट बजारमा ल्याएको छ। नयाँ नोटमा सगरमाथा, पाटे बाघ, लालीगुराँसका चित्र र गर्भनर विश्वनाथ पौडेलको हस्ताक्षर समावेश छ। दृष्टिविहीनका लागि स्पर्श पहिचान र सुरक्षा धागो पनि राखिएको छ।
Sunita Rai
Sunita Rai
17 June 2026, 10:48 am १ मिनेट पढाइ
आकार:
नयाँ ५०० रुपैयाँको नोट
Share:

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधबारदेखि ५०० रुपैयाँका नयाँ नोट चलनचल्तीमा ल्याएको छ। केन्द्रीय बैंकले नयाँ नोटका संकेत र नम्बरहरु सार्वजनिक गरेको छ।

नयाँ ५०० रुपैयाँका नोटमा पाँच विशेषता छन्। नोटको मध्य खण्डमा ‘श्री नेपाल राष्ट्र बैंक, नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५०० रुपैयाँ पाँच सय तुरुन्त पाइनेछ’ भन्ने प्रतिज्ञामूलक वाक्यांश राखिएको छ।

नोटको बायाँतर्फ सगरमाथा हिमालको चित्र छ। दायाँतर्फ लालीगुराँसको पानी छाप छ। तल्लो खण्डमा सिरिज नम्बर ‘विक्रम सम्वत २०८२’ लेखिएको छ। पानीछापको बायाँतर्फ दृष्टिविहीनले स्पर्श गरेर पहिचान गर्न दुईवटा कालो थोप्ला छन्। सगरमाथा हिमालको दायाँतर्फ अण्डाकार आकृतिभित्र कुबेरको चित्र छ। यो सिधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो देखिन्छ।

नोटमा गर्भनर प्रा.डा. विश्वनाथ पौडेलको दस्तखत छ। ३.५ मिमी चौडा सुरक्षण धागो छ। यो धागो सिधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो देखिन्छ। नोटको मध्यखण्डमा पाटे बाघको चित्र छ। यसको माथि अंग्रेजीमा ‘NEPAL RASTRA BANK’ लेखिएको छ। तल्लो खण्डमा अंग्रेजीमा ‘RUPEES FIVE HUNDRED’ र सिरिज नम्बर ‘2025 A.D.’ लेखिएको छ।

यी नयाँ नोट आज बुधबारदेखि नै बजारमा जानेछन्। बैंक तथा वित्तीय संस्थाले नयाँ नोट लैजाँदैछन्।

Sunita Rai

Sunita Rai

संवाददाता · NM Khabar

सुनिता राई NM खबरकी अर्थ संवाददाता हुन्। नेपाल राष्ट्र बैंकका नीतिहरू, शेयर बजार, विदेशी मुद्रा सटही दर र व्यापार सन्तुलनका विषयमा उनको गहिरो बुझाइ छ। पूर्वाञ्चल विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेकी उनी वित्तीय नीति र बैंकिङ क्षेत्रको विश्लेषणमा सक्रिय छिन्।

सम्बन्धित समाचार