NM Khabar 11 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

पाकिस्तानमा सैनिक हेलिकप्टर दुर्घटना: २२ जनाको मृत्यु

पाकिस्तान नियन्त्रित कश्मीरमा सैनिक हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ। दुर्घटनामा एक कर्णेल, दुई मेजर र १९ जना सैन्यकर्मीसहित २२ जनाको मृत्यु भएको छ। इन्टर सर्भिसेज पब्लिक रिलेसन्स (आइएसपिआर) ले प्राविधिक खराबीलाई कारण बताएको छ।
Bikram Magar
Bikram Magar
11 June 2026, 7:32 pm १ मिनेट पढाइ
आकार:
हेलिकप्टर दुर्घटना पाकिस्तान
Share:

पाकिस्तान नियन्त्रित कश्मीरको मुजफ्फराबाद जिल्लामा बिहीबार सैनिक हेलिकप्टर दुर्घटना हुँदा कम्तीमा २२ जना सैनिकको मृत्यु भएको छ। सुरक्षा स्रोतका अनुसार दुर्घटनामा एक कर्णेल, दुई मेजर र अन्य १९ जना सैन्यकर्मीले ज्यान गुमाएका छन्।

इन्टर सर्भिसेज पब्लिक रिलेसन्स (आइएसपिआर) ले हेलिकप्टर उडानका क्रममा प्राविधिक खराबीका कारण दुर्घटना भएको जनाएको छ। आइएसपिआरले दुर्घटनाको वास्तविक प्राविधिक कारण पत्ता लगाउन छानबिन समितिलाई आदेश दिएको बताएको छ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले हेलिकप्टर दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारजनमा समवेदना व्यक्त गरेका छन्।

Bikram Magar

Bikram Magar

संवाददाता · NM Khabar

विक्रम मगर NM खबरका अन्तर्राष्ट्रिय मामिला संवाददाता हुन्। कूटनीति, भूराजनीति र नेपालको परराष्ट्र सम्बन्धमा उनको विश्लेषणात्मक रिपोर्टिङले पाठकहरूलाई विश्व परिदृश्य बुझ्न सहयोग पुर्‍याउँछ। चीन र भारतसँगको नेपालको सम्बन्धमा उनी विशेष रुचि राख्छन्।

सम्बन्धित समाचार