देशभर पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले मेघगर्जनसहित वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव छ। अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित अधिकांश हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली छ भने तराईमा आंशिक बदली रहेको छ। आज दिउँसो कोशी र मधेश प्रदेशसहित देशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहनेछ। कोशी प्रदेशसहित अन्य प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थान र मधेश प्रदेशका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। बाँकी तराई क्षेत्रमा हल्का वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्नेछ। राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
देशभर पश्चिमी वायुको प्रभाव: वर्षा र हिमपातको सम्भावना
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव जारी छ। आज दिनभर र राति देशका अधिकांश हिमाली तथा पहाडी भू–भागमा बदली रही मेघगर्जनसहित वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।
Sanjay Karki
8 May 2026, 6:03 am
१ मिनेट पढाइ
आकार:
Sanjay Karki
संवाददाता · NM Khabar
Nmkhabar का ब्रेकिङ न्युज डेस्क संवाददाता। तत्काल समाचार र ठूला घटनाको छिटो, सटिक र भरपर्दो रिपोर्टिङका लागि परिचित।
