पशुपतिनाथ मन्दिर परिसरमा दर्शनार्थीको घाँटीबाट सुनका सिक्री लुट्ने पाँच भारतीय महिला पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँले मंगलबार भारतको गोरखपुर नौसर घर भएका अन्जु चमार (३५), रुपसना चमार (२९), आरती चमार (३०), रिंकु चमार (३५) र नन्दनी चमार (१८) लाई पक्राउ गरेको हो।
प्रहरी वृत्त गौशालाको टोलीले उनीहरूबाट चोरी गरिएका दुई थान सुनको सिक्री बरामद गरेको छ। घटनाबारे थप अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंबाट सात दिनको म्याद थप अनुमति लिइएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले अनुसन्धान जारी रहेको जानकारी दिए।
