काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले सरकारी मुद्रण विभागमा गरेको छड्के अनुगमनमा २० कर्मचारीले नियम उल्लंघन गरेको पाइएको छ ।
केन्द्रको टोलीले विभाग पुग्दा २० कर्मचारी तोकिएको समयमा उपस्थित नभएको, कार्यालय पोशाक नलगाएको र निजामती सेवा ऐन, २०४९ विपरीत आचरण गरेको भेटेको थियो ।
सरकारी तथा सार्वजनिक निकायमा कर्मचारीको उपस्थिति र सेवा प्रवाह प्रभावकारी बनाउन सतर्कता केन्द्रले नियमित अनुगमन गर्छ ।
नियम उल्लंघन गर्ने ती २० कर्मचारीलाई निजामती सेवा ऐन, २०४९ अनुसार कारबाही गर्न केन्द्रले सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
