NM Khabar 25 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

रोङ गाउँपालिकाद्वारा निर्माण कम्पनीको ठेक्का सम्झौता रद्द

• इलामको रोङ गाउँपालिकाले प्रमुख प्रशासकीय भवन निर्माणमा ढिलासुस्ती गर्ने निर्माण कम्पनीको ठेक्का रद्द गरेको छ। • २०७८ मंसिर १७ मा भएको सम्झौता पटकपटक म्याद थप्दा पनि सम्पन्न नभएपछि रद्द गरिएको हो। • सार्वजनिक खरिद ऐनअनुसार कारबाही गर्दै २०८३ भदौ ५ को कार्यपालिका बैठकले सम्झौता तोड्ने निर्णय गरेको थियो।
Laxmi Bhattarai
Laxmi Bhattarai
25 August 2026, 7:03 pm १ मिनेट पढाइ
आकार:
रोङ गाउँपालिका ठेक्का
Share:

इलामको रोङ गाउँपालिकाले प्रमुख प्रशासकीय भवन निर्माणको जिम्मा पाएको नमुना कन्स्ट्रक्सन प्रा.लि.सँगको ठेक्का सम्झौता रद्द गरेको छ। कम्पनीले सम्झौताअनुसार काम सम्पन्न नगरेपछि गाउँपालिकाले यो निर्णय लिएको हो।

गाउँ कार्यपालिकाको कार्यालय र विराटनगर, मोरङस्थित नमुना कन्स्ट्रक्सन प्रा.लि. बीच २०७८ मङ्सिर १७ गते भवन निर्माणका लागि सम्झौता भएको थियो। पटकपटक म्याद थप गर्दा पनि निर्माण सम्पन्न नभएपछि अन्तिम म्याद २०८२ पुस १५ गते सकिएको थियो।

म्याद सकिएको २०० दिन बितिसक्दा पनि कम्पनीले काम अघि नबढाएको गाउँपालिकाले जनाएको छ। लिखित तथा मौखिक ताकेता गर्दा पनि कम्पनीले ठेक्का सम्झौताको सर्तअनुसार दायित्व पूरा नगरेको गाउँपालिकाको भनाइ छ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ (२) (क) र नियम १२१ (ग) लाई आधार मान्दै गाउँपालिकाले कानुनी प्रक्रिया अघि बढाएको हो। गाउँ कार्यपालिकाको २०८३ भदौ ५ गतेको बैठकले सम्झौता रद्द गर्ने निर्णय गरेको थियो। गाउँपालिकाले मंगलबार एक सूचनामार्फत यो जानकारी सार्वजनिक गरेको छ।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार