NM Khabar 10 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

सङ्खुवासभामा ३६८ चौँरीका पुच्छरसहित ट्याक्टर नियन्त्रणमा

सङ्खुवासभाको मकालु गाउँपालिकामा ३६८ वटा चौँरीका पुच्छरसहित एक ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ। भन्सार छली गरी ल्याइएको उक्त सामानको मूल्य रु पाँच लाख ५० हजार रहेको छ। घटनामा संलग्न एक ट्याक्टर चालकलाई प्रहरीले पक्राउ गरेको छ।
Kamala Devi
Kamala Devi
10 June 2026, 2:18 pm १ मिनेट पढाइ
आकार:
चौँरीको पुच्छर
Share:

सङ्खुवासभाको मकालु गाउँपालिका–३ हेदाङ्नामा भन्सार छली गरी ल्याइएको रु पाँच लाख ५० हजार मूल्य बराबरको ३६८ वटा चौँरीको पुच्छरसहित प्रहरीले एक ट्याक्टर नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक धनबहादुर राजवंशीका अनुसार उत्तरी क्षेत्रको किमाथाङ्का नाकाबाट अवैध रुपमा भन्सार छलेर ल्याइएका चौँरीका पुच्छर उक्त ट्याक्टरमा फेला परेका हुन्।

इलाका प्रहरी कार्यालय हेदाङ्नागढीको टोलीले कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथाङ्का सडकखण्डको हेदाङ्ना चेकपोष्टमा रोकेर जाँच गर्ने क्रममा यो अवैध सामान फेला पारेको हो। भोटखोला गाउँपालिकाको हुङ्गुङबाट खाँदबारीतर्फ आउँदै गरेको प्रदेश १–०२–००३ त १२१७ नम्बरको ट्याक्टर नियन्त्रणमा लिइएको छ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले ट्याक्टर चालक चिचिला गाउँपालिका–१ निवासी २० वर्षीय दिनेश राईलाई नियन्त्रणमा लिएको छ।

भन्सार छली ल्याइएको चौँरीको पुच्छर कसको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। नियन्त्रणमा लिइएको अवैध चौँरीको पुच्छर र ट्याक्टर किमाथाङ्का भन्सार कार्यालय खाँदबारीमा बुझाइएको छ।

इलाका प्रहरी कार्यालय हेदाङ्नाको गस्ती टोलीले थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाएको छ।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार