NM Khabar 7 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

सरकारी बैंकका अध्यक्ष र सञ्चालकद्वारा धमाधम राजीनामा

राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकका अध्यक्ष तथा सरकारी प्रतिनिधि सञ्चालकहरूले राजीनामा दिएका छन्। यसले बैंकहरूको सञ्चालन र भावी नीतिमा के असर पार्ला भन्ने प्रश्न उब्जिएको छ।
Sunita Rai
Sunita Rai
7 May 2026, 3:36 pm १ मिनेट पढाइ
आकार:
Share:

काठमाडौं । नेपाल सरकारको तर्फबाट सरकारी बैंकहरूमा प्रतिनिधित्व गर्ने सञ्चालकहरूले राजीनामा दिएका छन्। राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकका अध्यक्ष तथा सरकारी प्रतिनिधि सञ्चालकहरूले राजीनामा बुझाएका हुन्।

राष्ट्रिय वाणिज्य बैंकका सञ्चालक देवकुमार ढकालले बुधबार राजीनामापत्र बुझाएको बताए। सरकारलाई सहयोग होस् भन्ने उद्देश्यले राजीनामा दिएको उनको भनाइ छ। उनीसँगै अन्य सञ्चालकहरूले समेत बुधबार राजीनामा दिएका छन्।

कृषि विकास बैंकका अध्यक्ष डिमप्रसाद पौडेल र अर्थ मन्त्रालयका तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरूले पनि बुधबार राजीनामा बुझाएका छन्। बैंकका कम्पनी सचिव हिमलाल पौडेलले अध्यक्षसहित अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरूले राजीनामा दिएको जानकारी दिए।

साधारण सेयर जारी गरेका बैंकहरूमा सेयरधनीको तर्फबाट नियुक्त भएका र स्वतन्त्र सञ्चालकले भने राजीनामा दिएका छैनन्। नेपाल बैंकका सञ्चालकहरूको राजीनामा आउन बाँकी छ, यद्यपि उनीहरूले पनि राजीनामा दिने प्रतिबद्धता जनाइसकेको बताइएको छ।

Sunita Rai

Sunita Rai

संवाददाता · NM Khabar

Nmkhabar की आर्थिक संवाददाता। शेयर बजार, बैंकिङ र राष्ट्रिय अर्थतन्त्रका विषयमा गहन र तथ्यमा आधारित रिपोर्टिङ गर्छिन्।

सम्बन्धित समाचार