NM Khabar 9 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

शिव शिखरका २१६ बचतकर्ताले पाए रकम फिर्ता, ४६ अर्बको दायित्व बाँकी

शिव शिखर बहुउद्देश्यीय सहकारीका थप २१६ जना साना बचतकर्ताले रकम फिर्ता पाएका छन्। हालसम्म कुल १३ सय १३ जना साना बचतकर्ताले बचत फिर्ता पाएका छन्। समस्याग्रस्त सहकारीका ७६ हजार बचतकर्ताको कुल ४६ अर्ब रुपैयाँ फिर्ता गर्नुपर्ने दायित्व छ।
Sunita Rai
Sunita Rai
9 June 2026, 6:48 pm १ मिनेट पढाइ
आकार:
शिव शिखर सहकारी
Share:

समस्याग्रस्त शिव शिखर बहुउद्देश्यीय सहकारीका थप २१६ जना साना बचतकर्ताले रकम फिर्ता पाएका छन्। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले मंगलबार पीडित बचतकर्ताको बचत फिर्ता गरेको हो।

समितिका अनुसार, यसरी फिर्ता गरिएको रकम सहकारीको ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त भएको हो। हालसम्म १३ सय १३ जना साना बचतकर्ताले आफ्नो बचत फिर्ता पाइसकेका छन्।

समस्याग्रस्त सहकारीका करिब ७६ हजार बचतकर्ताहरूको कुल ४६ अर्ब रुपैयाँ बचत फिर्ता गर्नुपर्ने दायित्व रहेको छ। यसमध्ये अधिकांश साना बचतकर्ता छन्।

पाँच लाखभन्दा कम रकम बचत गर्नेलाई साना बचतकर्ता र सोभन्दा बढी रकम बचत गर्नेलाई ठुला बचतकर्ताका रूपमा वर्गीकरण गरिएको छ। कुल ७६ हजार बचतकर्तामध्ये पाँच लाखभन्दा बढी बचत गर्नेको संख्या १८ हजार रहेको समितिले जनाएको छ।

समितिले प्रचलित कानुनी व्यवस्था बमोजिम बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरी क्रमशः रकम फिर्ता गर्ने कार्य निरन्तर सञ्चालन गरिरहेको जनाएको छ।

Sunita Rai

Sunita Rai

संवाददाता · NM Khabar

सुनिता राई NM खबरकी अर्थ संवाददाता हुन्। नेपाल राष्ट्र बैंकका नीतिहरू, शेयर बजार, विदेशी मुद्रा सटही दर र व्यापार सन्तुलनका विषयमा उनको गहिरो बुझाइ छ। पूर्वाञ्चल विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेकी उनी वित्तीय नीति र बैंकिङ क्षेत्रको विश्लेषणमा सक्रिय छिन्।

सम्बन्धित समाचार