NM Khabar 9 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

सुदूरपश्चिममा रेबिज खोपको चरम अभाव: सरकारी अस्पताल रित्ता, निजीमा चर्को मूल्य

सुदूरपश्चिम प्रदेशका सरकारी अस्पताल र स्वास्थ्य संस्थामा दुई सातादेखि रेबिजविरुद्धको खोपको चरम अभाव छ। कुकुर वा स्यालजस्ता जनावरले टोकेपछि जीवन बचाउन तत्काल लगाउनुपर्ने यो खोप निजी स्वास्थ्य संस्थामा महँगो मूल्यमा बिक्री भइरहेको छ। प्रदेश सरकारले १० लाख बजेट विनियोजन गरे पनि आपूर्तिमा समस्या देखिएको छ।
Kamala Devi
Kamala Devi
9 June 2026, 12:17 pm १ मिनेट पढाइ
आकार:
सुदूरपश्चिम रेबिज खोप अभाव
Share:

महेन्द्रनगर– सुदूरपश्चिमका सरकारी अस्पताल र स्वास्थ्य संस्थामा रेबिजविरुद्धको खोप दुई सातादेखि अभाव छ। कुकुर, स्यालजस्ता जनावरले टोकेपछि जीवन बचाउन तत्काल लगाउनुपर्ने यो खोप सरकारी निकायमा पाउन मुस्किल भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीले सरकारी स्वास्थ्य संस्थामा निःशुल्क उपलब्ध हुनुपर्ने खोपको अभाव रहेको बताए। उनले निजी स्वास्थ्य संस्थामा भने यो खोप बिक्री भइरहेको जानकारी दिए।

जोशीका अनुसार प्रदेश सरकारले खोप खरिदका लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। सोही बजेटले विगत दुई–तीन महिनायता खोपको सहजता भएको थियो।

प्रदेशको सामाजिक विकास मन्त्रालयले स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल र स्थानीय तहलाई पत्राचार गरी खोपको व्यवस्थापन गर्न आग्रह गरिसकेको छ। स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाबाट निःशुल्क वितरण गरिने खोपको आपूर्ति हुन नसकेको र अझै केही समय लाग्ने बताइएको छ।

गत जेठ १६ गते स्वास्थ्य सेवा विभागले प्रदेश सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा निर्देशनालय र स्थानीय तहलाई खोप व्यवस्थापनका लागि पुनः आग्रह गरेको थियो।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार