NM Khabar 9 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

पोल चढेर टेलिकमको तार चोर्दै गर्दा मेचीनगरबाट दुई पक्राउ

• झापाको मेचीनगरमा नेपाल टेलिकमको केबल तार काट्दै गर्दा दुई युवा पक्राउ परेका छन्। • प्रहरीले उनीहरूलाई रंगेहात पक्राउ गरी चोरीमा प्रयोग भएका सामग्री बरामद गरेको छ। • पक्राउ परेका दुई जनामाथि चोरी कसुरमा मुद्दा दर्ता गरी ५ दिनको म्याद थप गरिएको छ।
Kamala Devi
Kamala Devi
9 June 2026, 1:48 pm १ मिनेट पढाइ
आकार:
टेलिकम तार चोरी
Share:

झापाको मेचीनगर नगरपालिका वडा नम्बर १३ चारआली बजारस्थित लक्ष्मी डिपार्टमेन्ट अगाडि पोल चढेर नेपाल टेलिकमको केबल तार काट्दै गर्दा प्रहरीले दुई जनालाई रंगेहात पक्राउ गरेको छ।

सोमबार बिहान करिब ४:३० बजेको समयमा प्रहरी चौकी चारआलीको गस्ती टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो। पक्राउ पर्नेहरूमा मेचीनगर–६ का २३ वर्षीय संगम शेर्पा र मेचीनगर–१५ का २१ वर्षीय मणिराज राजवंशी छन्।

प्रहरीले उनीहरूको साथबाट अन्दाजी ३५ मिटर केबल तार, ३ थान ह्याक्सो ब्लेड र १ थान तार कटर बरामद गरेको छ।

नियन्त्रणमा लिइएका दुवै जनालाई सुरुमा प्रहरी चौकी चारआलीमा ल्याइएको थियो। थप अनुसन्धानका लागि उनीहरूलाई इलाका प्रहरी कार्यालय धुलाबारीमा बुझाइएको छ।

पक्राउ परेका दुवै युवकविरुद्ध मुलुकी अपराध संहिता २०७४ को चोरी कसुरमा मुद्दा दर्ता गरिएको छ। जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुमन बानियाका अनुसार उनीहरूमाथि थप अनुसन्धान गर्न अदालतबाट ५ दिनको म्याद थप भएको छ।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार