NM Khabar 10 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

विनयी त्रिवेणीमा हुरीले १७ घर र २ गोठमा क्षति, मानवीय क्षति शून्य

नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–१ सिसेनी क्षेत्रमा मङ्गलबार आएको हुरीले १७ घर र दुई गोठमा क्षति पुर्‍याएको छ। घरका टिनका छाना उड्नुका साथै रुखका हाँगा खसेर क्षति भएको छ। मानवीय र पशुचौपायाको भने कुनै क्षति नभएको प्रहरीले जनाएको छ।
Kamala Devi
Kamala Devi
10 June 2026, 4:47 am १ मिनेट पढाइ
आकार:
विनयी त्रिवेणीमा हुरी
Share:

नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–१ सिसेनी क्षेत्रमा मङ्गलबार अपराह्न आएको वर्षासहितको हुरीले १७ वटा घर र दुई वटा गोठमा क्षति पुर्‍याएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार हुरीले विभिन्न घरका टिनका छाना उडाएको छ । केही घरमा रुखका हाँगा खस्दा क्षति भयो । केही कच्ची घरको पर्खाल चर्कियो । एक घरको ब्लकको पर्खाल भत्कियो ।

प्रहरीका अनुसार भोजबहादुर खनगाहा, मोतिराम खाती, धनिसरा सोमै मगर, पार्वती विक, रुपा विक, शेरबहादुर दराई, दीपेन्द्र ढेङ्गा, कान्छा कुमाल, गुनबहादुर दराई, नरबहादुर विक, ओमबहादुर कुमाललगायतका घरमा क्षति पुगेको छ । मनबहादुर राना र केमबहादुर विकका गोठमा पनि हुरीले क्षति पुर्‍याएको छ ।

कमला कुमालको कच्ची घरको पर्खाल चर्किएको छ । पार्वती विकको घरको एक कोठाको ब्लकको पर्खाल खसेको छ । केही घरमा रूखका हाँगा खस्दा सामान्य क्षति भएको प्रहरी उपरीक्षक खड्काले बताए । हुरीबाट मानवीय तथा पशु चौपायामा कुनै क्षति भएको छैन । कुनै परिवार विस्थापित नभएको प्रहरीले जनाएको छ ।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार