NM Khabar 7 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

‘असफल हुने छुट तिमीलाई छैन’ : बालेन प्रधानमन्त्री बन्दा विमलेन्द्र निधिको त्यो भावुक सन्देश जसले मधेशको सेन्टिमेन्ट छोयो!

असफल हुने छुट तिमीलाई छैन..." प्रधानमन्त्री बालेनलाई विमलेन्द्र निधिको भावुक र अर्थपूर्ण सन्देश !
NM Khabar
NM Khabar
28 March 2026, 1:58 am २ मिनेट पढाइ
आकार:
विज्ञापन Sponsor
Share:

नेपाली कांग्रेसका पूर्व उपसभापति तथा नेता विमलेन्द्र निधिले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई सामाजिक सञ्जाल एक्स (ट्वीटर) मार्फत विशेष बधाई दिएका छन्। आफ्नो मातृभाषा (मैथिली/बज्जिका लवज) मा लेखिएको उक्त स्टाटसमा निधिले बालेनलाई ‘मधेशिया छौंरा’ भन्दै सम्बोधन गरेका छन् र देशको कार्यकारी प्रमुख बनेकोमा गर्व महसुस गरेका छन्।

यो सन्देश केवल एउटा औपचारिक बधाई मात्र होइन। सीमान्तकृत भूगोल र समुदायबाट उठेर देशको सर्वोच्च पदमा पुगेका युवा नेतृत्वमाथि समग्र मधेशले राखेको अपनत्व र अपेक्षाको ऐना हो यो।

निधिले लेखेका छन्, “युग युग जीअ हो मधसीया छौंरा, आखिर देशके प्रधानमन्त्री भईए गेला।” उनले बालेनको काँधमा आएको जिम्मेवारीको गाम्भीर्यता बुझाउँदै स्पष्ट भनेका छन्— “असफल होअ के छुट तोरा नई छअ” (असफल हुने छुट तिमीलाई छैन)।

सत्ता सञ्चालनको बाटो सहज नहुने संकेत गर्दै निधिले बालेनलाई राजनीतिक सुझबुझको मन्त्र पनि दिएका छन्। उनले ‘बदलाको भावना नराख्न, नहतारिन, चिसो दिमाग (ठंढा दिमाग) ले सम्हालिएर कदम अगाडि बढाउन’ सुझाव दिएका छन्। देश र दुनियाँलाई एउटा मधेशीले पनि देश चलाउन सक्छ भनेर देखाउने ऐतिहासिक अवसर बालेनलाई प्राप्त भएको निधिको निष्कर्ष छ।

यसले बालेनको सत्तारोहणलाई लिएर काठमाडौं मात्र होइन, सिंगो मधेशले कसरी मनोवैज्ञानिक विजय र अपनत्व महसुस गरिरहेको छ भन्ने स्पष्ट पार्छ। लामो समयसम्म सत्ताको केन्द्रबाट सीमान्तकृत महसुस गरेको समुदायले अब एउटा युमामार्फत आफ्नो क्षमता प्रमाणित गर्ने अभूतपूर्व अवसर पाएको छ। यो भाष्यले बालेनको राष्ट्रिय स्वीकार्यतालाई अझ फराकिलो बनाएको छ।

बालेनमाथि अब ‘जेनजी’ पुस्ताको मात्र होइन, सिंगो मधेशको आत्मसम्मान जोगाउने नैतिक र मनोवैज्ञानिक दबाब थपिएको छ। निधिको सुझाव जस्तै, अब बालेनले प्रतिशोधको राजनीति भन्दा माथि उठेर ‘ठण्डा दिमाग’ ले नतिजामुखी काम गरेर प्रमाणित गर्नुपर्नेछ।

NM Khabar

NM Khabar

संवाददाता · NM Khabar

NM Khabar का आधिकारिक संवाददाता। सत्य, तथ्य र निष्पक्ष समाचारको लागि हामीलाई पछ्याउनुहोस्।

सम्बन्धित समाचार