NM Khabar 13 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

भूमि कार्यालयका नायब सुब्बा घुससहित पक्राउ

• मनाङको भूमि प्रशासन कार्यालयका नायब सुब्बा ज्ञानराज कँडेल घुससहित पक्राउ परेका छन्। • जग्गा रोक्काको काम गरिदिने भन्दै सेवाग्राहीसँग ४० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा उनलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो। • घटनाबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले थप अनुसन्धान गरिरहेको छ।
Arjun Basnet
Arjun Basnet
13 June 2026, 6:48 pm १ मिनेट पढाइ
आकार:
नायब सुब्बा घुस
Share:

भूमि प्रशासन कार्यालय मनाङका नायब सुब्बा ज्ञानराज कँडेल ४० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्।

सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयको टोलीले कँडेललाई शनिबार दिउँसो नियन्त्रणमा लिएको हो।

जग्गा रोक्कासम्बन्धी काम गरिदिने भन्दै सेवाग्राहीसँग ४० हजार रुपैयाँ घुस लिँदा लिँदै उनलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको आयोगले बताएको छ।

Arjun Basnet

Arjun Basnet

संवाददाता · NM Khabar

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार