भूमि प्रशासन कार्यालय, मनाङका नायव सुब्बा ज्ञानराज कण्डेल घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई नियन्त्रणमा लिएको हो।
सेवाग्राहीसँग जग्गा रोक्कामा सहजीकरण गरिदिने भन्दै घुस मागेको सूचनामा अख्तियारको पोखराबाट खटिएको टोलीले कण्डेललाई पक्राउ गरेको हो।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार कण्डेलले सेवाग्राहीबाट ४० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ परेका थिए। पक्राउका क्रममा उक्त रकमसँगै स्रोत नखुलेको २१ हजार ७० रुपैयाँ पनि बरामद भएको छ।
यस घटनाबारे अख्तियारले थप अनुसन्धान गरिरहेको छ।
