NM Khabar 15 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

कोशी प्रदेशको १०औं बजेट आज, ४० अर्ब नाघ्ने अनुमान

कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट आज सार्वजनिक गर्दैछ । बजेटको आकार ४० अर्बभन्दा बढी हुने अनुमान छ । विगतका वर्षहरूमा बजेट खर्च निराशाजनक रहँदै आएको छ ।
Kamala Devi
Kamala Devi
15 June 2026, 1:47 pm १ मिनेट पढाइ
आकार:
कोशी प्रदेश बजेट
Share:

कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४० अर्बभन्दा बढीको बजेट आज सार्वजनिक गर्दैछ । आर्थिक मामिला तथा योजना मन्त्रालय र मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार बजेटको आकार चालु आर्थिक वर्षको तुलनामा बढ्ने अनुमान छ ।

संघीयता कार्यान्वयनको पहिलो चरणमा तत्कालीन प्रदेश नं. १ सरकारले २०७४ साल चैत २९ गते १ अर्ब २ करोड ५ लाखको बजेट प्रस्तुत गरेको थियो । यो बजेट पूर्ण रूपमा संघीय सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदानमा आधारित थियो ।

त्यसयता प्रदेशको बजेटमा उतारचढाव देखिएको छ । आर्थिक वर्ष २०७५/७६ मा ३५ अर्ब ९४ करोडको बजेट ल्याइएकोमा २१ अर्ब ३० करोड मात्र खर्च भयो । आर्थिक वर्ष २०७६/७७ मा कोशी प्रदेशको इतिहासकै सबैभन्दा ठुलो ४२ अर्ब २० करोडको बजेट आयो, तर खर्च २९ अर्ब ८४ करोडमा सीमित रह्यो ।

आर्थिक वर्ष २०७७/७८ मा ४० अर्ब ९० करोडको बजेट बन्यो, जसमा २७ अर्ब ९६ करोड खर्च भयो । २०७८/७९ मा ३२ अर्ब ७४ करोडको बजेटबाट २९ अर्ब ९७ करोड खर्च भयो ।

आर्थिक वर्ष २०७९/८० मा ३९ अर्ब ७४ करोडको बजेटबाट ३० अर्ब ७६ करोड खर्च भयो । २०८०/८१ मा ३६ अर्ब ७४ करोडको बजेटबाट २८ अर्ब ३ करोड खर्च भयो । गत आर्थिक वर्ष २०८१/८२ मा ३५ अर्ब २८ करोडको बजेट ल्याइएकोमा २८ अर्ब १८ करोड खर्च भयो ।

चालु आर्थिक वर्ष २०८२/८३ का लागि ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँ विनियोजन गरिएको बजेट स्रोतको अभावले ३२ अर्ब ४५ करोड ६४ लाखमा झारिएको छ । वैशाख मसान्तसम्म जम्मा १३ अर्ब ७ करोड रुपैयाँ मात्र खर्च भएको छ ।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार