NM Khabar 15 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

सामुदायिक वनमा भ्रष्टाचार: तत्कालीन पदाधिकारीविरुद्ध मुद्दा दायर

• सुर्खेतको साजगोठेरी सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष, सचिव र कोषाध्यक्षविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ। • उनीहरूमाथि आर्थिक वर्ष २०७८/०७९ मा रुख बिक्रीको रकम हिनामिना गरेको आरोप छ। • प्रत्येकबाट सात लाख १५ हजार ९१९ रुपैयाँ बिगो माग गरिएको छ।
Arjun Basnet
Arjun Basnet
15 June 2026, 4:17 pm १ मिनेट पढाइ
आकार:
सामुदायिक वन भ्रष्टाचार
Share:

सुर्खेतको भेरीगंगा नगरपालिकास्थित साजगोठेरी सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष लोकबहादुर महतारासहित तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। उनीहरूमाथि सार्वजनिक सम्पत्तिमा हानि पुर्याएको आरोप छ।

आयोगले दायर गरेको मुद्दामा वन उपभोक्ता समितिका पदाधिकारीले आर्थिक वर्ष २०७८/०७९ मा रुख कटान गरी बिक्री गर्दा रकम हिनामिना गरेको उल्लेख छ।

तत्कालीन अध्यक्ष महतारा, सचिव मानकुमारी पौड्याल र कोषाध्यक्ष दलबहादुर बुढाको मिलेमतोमा अनियमितता भएको आयोगको ठहर छ।

प्रत्येकविरुद्ध सात लाख १५ हजार नौ सय १९ रुपैयाँ बिगो कायम गरिएको छ। आयोगले बिगोबमोजिम जरिवाना र कैद सजायको माग गरेको छ।

Arjun Basnet

Arjun Basnet

संवाददाता · NM Khabar

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार