राहदानी छपाइ अनियमिततामा अख्तियारले थप दुई जनालाई पक्राउ गरेपछि कुल चार जना नियन्त्रणमा पुगेका छन्।
स्रोतका अनुसार, राहदानी विभागका तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्य पक्राउ परेका छन्। जर्मनी कम्पनीका नेपाली प्रतिनिधि मनिन्द्रराज मल्ल पनि नियन्त्रणमा छन्। अख्तियारले उनीहरुलाई मंगलबार राति नियन्त्रणमा लिएको थियो।
अख्तियारले गत सोमबार राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई पक्राउ गरेको थियो। निर्देशक सुनीलकुमार केसी पनि सोही दिन नियन्त्रणमा परेका थिए। विशेष अदालतले आचार्य र मल्ललाई तीन दिन हिरासतमा राख्न बुधबार अनुमति दिएको छ।
