NM Khabar 25 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

१३ वर्षीया बालिकालाई होटलमा यौन धन्दामा लगाउने २ पक्राउ

झापाको दमकमा १३ वर्षीया बालिकालाई होटलमा पुर्‍याएर यौन धन्दामा लगाएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जुनु ऋषिका र गणेशप्रसाद अधिकारी छन्। प्रहरीले मानव बेचबिखन तथा ओसारपसार कसुरमा अनुसन्धान अघि बढाएको छ।
Maya Thapa
Maya Thapa
25 August 2026, 4:02 pm १ मिनेट पढाइ
आकार:
बालिका यौन धन्दा
Share:

झापाको दमकमा १३ वर्षीया बालिकालाई ललाइफकाइ मनकामना होटल एन्ड लजमा पुर्‍याएर यौन धन्दामा लगाएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङकी जुनु ऋषिका र दमकका गणेशप्रसाद अधिकारी छन्।

गत साउन ३१ गते घरबाट हिँडेकी बालिका सम्पर्कविहीन भएपछि आफन्तले इलाका प्रहरी कार्यालय दमकमा निवेदन दिएका थिए। प्रहरीले खोजतलास गर्दा भदौ ४ गते बालिकालाई फेला पारेको थियो।

अनुसन्धानमा ऋषिकाले बालिकालाई अधिकारीले सञ्चालन गरेको मनकामना होटल एन्ड लजमा पुर्‍याएको खुलेको छ। होटलमा बालिकालाई यौन धन्दामा लगाइएको पाइएपछि प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएको हो।

प्रहरीले दुवै जनालाई भदौ ७ गते जिल्ला अदालत झापामा पेश गरी मानव बेचबिखन तथा ओसारपसार कसुरमा म्याद थप अनुमति लिएर अनुसन्धान अघि बढाएको छ।

Maya Thapa

Maya Thapa

संवाददाता · NM Khabar

माया थापा NM खबरकी फिचर लेखिका हुन्। मानवीय रुचिका कथाहरू, महिला सशक्तीकरण र बाल अधिकारका मुद्दाहरूमा उनको संवेदनशील रिपोर्टिङले पाठकको मन छुन्छ। समाजका उपेक्षित पाटाहरूलाई उजागर गर्नु उनको पत्रकारिताको मूल उद्देश्य हो।

सम्बन्धित समाचार