रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीमा हालसम्म ४६९ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले शुक्रबार बिहान ७ बजेसम्मको तथ्यांक सार्वजनिक गर्यो।
प्रहरीका अनुसार रसुवामा १२, नुवाकोटमा ३७, धादिङमा ३३, चितवनमा १७८, गोरखामा ४४, तनहुँमा २८, नवलपरासी पूर्वमा ११० र नवलपरासी पश्चिममा २७ जनाको शव फेला परेको छ।
यसैगरी, बाढीका कारण सम्पर्कविहीन भएका १५४५ जना व्यक्तिको उद्धार गरिएको छ। उद्धार कार्य सुरक्षा निकाय र स्थानीयबासीको सहयोगमा जारी छ।
