भोटेकोशी बाढीले सुरुङभित्र फसाएका नागरिकको उद्धारका लागि आवश्यक मिनी एक्स्काभेटर फेला परेका छन्। गृहमन्त्री सुधन गुरुङले फेसबुकमार्फत यो जानकारी दिए।
गुरुङले एक्स्काभेटर उपलब्ध गराउन सूचना, तत्परता र सहयोग गर्ने सबैलाई धन्यवाद दिए। ‘यहाँहरुकै सहयोगले हामीले आवश्यक एक्स्काभेटरहरू भेट्टाइसकेका छौँ,’ उनले भने।
उनले नागरिक एक भए जुनसुकै चुनौती सामना गर्न सकिने बताए। यसअघि गुरुङले सुरुङमा फसेकाको तत्काल उद्धार गर्न मिनी एक्स्काभेटर आवश्यक रहेको बताएका थिए।
