NM Khabar 31 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

विपद् र चाडपर्वमा मूल्यवृद्धि गर्नेलाई सरकारको कडा कारबाही

विपद् र चाडपर्वको मौका छोपी दैनिक उपभोग्य वस्तुमा अस्वाभाविक मूल्यवृद्धि र कालोबजारी गर्नेलाई सरकारले कडा कारबाही गर्ने भएको छ। खाद्यान्नलगायतका वस्तुको भाउ निगरानी गर्न १६ विशेष अनुगमन टोली खटाइएका छन्। उद्योगमन्त्री गौरीकुमारी यादवले कालोबजारीमा शून्य सहनशीलता अपनाउन निर्देशन दिएकी छन्।
Sunita Rai
Sunita Rai
31 August 2026, 7:32 pm १ मिनेट पढाइ
आकार:
मूल्यवृद्धि र कालोबजारी नियन्त्रण
Share:

विपद् तथा चाडपर्वको मौका छोपी दैनिक उपभोग्य वस्तुमा अस्वाभाविक मूल्यवृद्धि र कालोबजारी गर्नेलाई सरकारले कडा कारबाही गर्ने भएको छ। यसका लागि बजार अनुगमनलाई तीव्र पारिएको छ।

सरकारले खाद्यान्नलगायतका उपभोग्य वस्तुको भाउ निगरानी गर्न १६ वटा विशेष अनुगमन टोली विभिन्न स्थानमा खटाएको छ। उद्योगमन्त्री गौरीकुमारी यादवले सोमबार ठूला गोदाम तथा खुद्रा पसलहरूमा प्रभावकारी र सूक्ष्म अनुगमन गर्न टोलीलाई निर्देशन दिइन्।

मन्त्री यादवले कालोबजारी गर्नेहरूमाथि शून्य सहनशीलता अपनाइने बताइन्। ‘बजारमा कृत्रिम मूल्यवृद्धि तथा कालोबजारी र उपभोक्ताको जीवनमाथि खेलबाड गर्ने काम कुनै पनि हालतमा सह्य हुनेछैन,’ उनले भनिन्।

उनले उपभोक्ता ठगी, कालोबजारी वा अत्यधिक मूल्यवृद्धि गरेको पाइएमा कसैको दबाब वा पहुँचका आधारमा उन्मुक्ति नदिन अनुगमन टोलीलाई सचेत गराइन्। मन्त्री यादवले बजार अनुगमन प्रणालीमा विगतका कमजोरी दोहोरिन नदिन कर्मचारीहरूलाई निर्देशन दिइन्।

मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीले बजार अनुगमनलाई नतिजामुखी बनाउन जनशक्ति अभाव हुन नदिने बताए।

Sunita Rai

Sunita Rai

संवाददाता · NM Khabar

सुनिता राई NM खबरकी अर्थ संवाददाता हुन्। नेपाल राष्ट्र बैंकका नीतिहरू, शेयर बजार, विदेशी मुद्रा सटही दर र व्यापार सन्तुलनका विषयमा उनको गहिरो बुझाइ छ। पूर्वाञ्चल विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेकी उनी वित्तीय नीति र बैंकिङ क्षेत्रको विश्लेषणमा सक्रिय छिन्।

सम्बन्धित समाचार