NM Khabar 12 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

भोटेकोशी बाढीले यातायात क्षेत्रको क्षति मूल्यांकन गर्न समिति गठन

भोटेकोशी बाढीले सार्वजनिक यातायात क्षेत्रमा पुर्‍याएको क्षतिबारे अध्ययन गर्न दुई समिति गठन गरिएको छ। १५ दिनभित्र क्षति मूल्याङ्कन र ४५ दिनभित्र नीतिगत सुधारको प्रतिवेदन पेश गरिनेछ। यातायात व्यवसायी महासङ्घले बाढीपीडितलाई ९९ लाखभन्दा बढी सहयोग गरेको छ।
Laxmi Bhattarai
Laxmi Bhattarai
11 September 2026, 8:02 pm १ मिनेट पढाइ
आकार:
भोटेकोशी बाढी यातायात क्षति
Share:

भोटेकोशी नदीमा आएको बाढीले सार्वजनिक यातायात क्षेत्रमा पुर्‍याएको मानवीय तथा भौतिक क्षतिको मूल्याङ्कन गर्न पूर्वाधार विकास मन्त्रालयले दुई छुट्टाछुट्टै समिति गठन गरेको छ।

यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा गठित पहिलो समितिले १५ दिनभित्र क्षति, क्षतिपूर्तिको आधार र यससँग सम्बन्धित अन्य विषयमा अध्ययन गरी मन्त्रीसमक्ष प्रतिवेदन बुझाउनेछ।

समितिका सदस्यहरूमा निर्मला गुरुङ, शंकर सिंह धामी, आरपी महतो, दिलबहादुर श्रेष्ठ, श्री श्रेष्ठ, हरिभक्त श्रेष्ठ, धर्मराज भण्डारी, भीम ज्वाला राई र दीपक केसी रहेका छन्।

त्यस्तै, यातायात क्षेत्रका नीति, नियम, ऐन, कानुन तथा मापदण्डलाई समयानुकूल परिमार्जन गर्न पूर्वाधार विकास मन्त्रालयका सहसचिव जंगबहादुर डाँगीको संयोजकत्वमा अर्को समिति गठन गरिएको छ।

यो समितिले ४५ दिनभित्र आवश्यक अध्ययन गरी प्रतिवेदन पेश गर्नेछ। यसमा जीबेन्द्र मिश्र, मणिराम भुसाल, सागर पन्थी, अनुकूल निधि, जानुका सिवाकोटी, डकेनाथ गौतम, भानुभक्त बराल र पुरुषोत्तम सिम्खडा सदस्य छन्।

मन्त्रालयले दुवै समितिको प्रतिवेदनका आधारमा बाढीबाट प्रभावित यातायात क्षेत्रको क्षति व्यवस्थापन र भविष्यमा यस्ता विपद्बाट उत्पन्न हुन सक्ने समस्या न्यूनीकरणका लागि आवश्यक नीति तथा कानुनी सुधार अघि बढाउने जनाएको छ।

यसैबीच, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले भोटेकोशी बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ९९ लाख ८४ हजार ६९५ सहयोग हस्तान्तरण गरेको छ।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार