पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभिर नजिक लेदोसहितको पहिरो खस्दा राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ। शुक्रबार बिहान बेनीघाट रोराङ गाउँपालिका-७ स्थित कृष्णभिरभन्दा करिब १०० मिटर अगाडि पहिरो खसेको हो।
सोही गाउँपालिकाको वडा नम्बर ९ स्थित ज्यामिरेमा पनि पहिरो गएको छ। धादिङ प्रहरीका अनुसार पहिरोस्थलमा अहिले पनि पानी परिरहेको छ।
यसअघि १० र १४ भदौमा भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले कृष्णभिरमा सडक कटान गर्दा राजमार्ग १८ दिनसम्म अवरुद्ध बनेको थियो। नयाँ ट्र्याक खोलेर १ असोजदेखि राजमार्ग पुनः सञ्चालनमा ल्याइएको थियो।
