NM Khabar 7 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

बिहारमा मन्त्रिपरिषद् विस्तार: ३२ मन्त्रीले लिए शपथ

बिहारमा मुख्यमन्त्री सम्राट चौधरीको मन्त्रिपरिषद् विस्तार भएको छ। बिहीबार पटनाको गान्धी मैदानमा पूर्वमुख्यमन्त्री नीतिशकुमारका छोरा निशान्त कुमारसहित ३२ मन्त्रीले शपथ लिएका छन्।
Sanjay Karki
Sanjay Karki
7 May 2026, 2:02 pm १ मिनेट पढाइ
आकार:
बिहार मन्त्रिपरिषद् विस्तार
Share:

पटना । बिहारमा मुख्यमन्त्री सम्राट चौधरीको मन्त्रिपरिषद् विस्तार भएको छ। बिहीबार पटनाको गान्धी मैदानमा पूर्वमुख्यमन्त्री नीतिशकुमारका छोरा निशान्त कुमारसहित ३२ मन्त्रीले शपथ लिएका छन्।

सम्राट चौधरी मुख्यमन्त्री बनेको २२ दिनपछि ३२ नयाँ मन्त्री नियुक्त भएका छन् । यसमा भाजपाबाट १५, जेडीयूबाट १३, लोजपा (आर)बाट दुई र एचएएम र आरएलएमबाट एक–एक जना समावेश छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदी, केन्द्रीय गृहमन्त्री अमित शाह, भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीन र पूर्व मुख्यमन्त्री नीतिश कुमार शपथ ग्रहण समारोहमा उपस्थित थिए ।

भाजपाबाट रामकृपाल यादव, केदार गुप्ता, नितिश मिश्रा, मिथिलेश तिवारी, रामा निषाद, विजय कुमार सिन्हा, दिलीप जयसवाल, प्रमोद चन्द्रवंशी, लखेन्द्र पासवान, सञ्जय टाइगर, इन्जिनियर कुमार शैलेन्द्र, नन्द किशोर राम, रामचन्द्र प्रसाद, अरुण शंकरप्रसाद, र श्रेय सिंह मन्त्री बनेका छन् ।

जेडीयूबाट निशान्त कुमार, श्रवण कुमार, अशोक चौधरी, लेसी सिंह, मदन साहनी, सुनिल कुमार, जामा खान, भगवान सिंह कुशवाहा, शिला मण्डल, दामोदर राउत, बुलो मण्डल, रत्नेश सदा, र श्वेता गुप्ताले शपथ लिए ।

लोजपाबाट सञ्जय पासवान र सञ्जय सिंह मन्त्री बन्दा हिन्दुस्तानी अवाम मोर्चा (एचएएम)बाट सन्तोष माझी र राष्ट्रिय लोक मोर्चाबाट दीपक प्रकाश बनेका छन् ।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

Nmkhabar का ब्रेकिङ न्युज डेस्क संवाददाता। तत्काल समाचार र ठूला घटनाको छिटो, सटिक र भरपर्दो रिपोर्टिङका लागि परिचित।

सम्बन्धित समाचार