NM Khabar 11 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

नक्कली भुटानी शरणार्थी प्रकरण: ओली-आरजुसहितलाई बयानका लागि झिकाउन माग

• नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्चपदस्थ व्यक्तिलाई बयानका लागि झिकाउन माग गर्दै निवेदन दर्ता। • एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेतृ आरजु राणासहित धेरै उच्चपदस्थ व्यक्तिलाई प्रतिवादी बनाउन माग। • जिल्ला अदालत काठमाडौंले कार्यालय समय सकिने बेला निवेदन दर्ता गर्ने निर्णय गरेको छ ।
Arjun Basnet
Arjun Basnet
11 June 2026, 7:02 pm १ मिनेट पढाइ
आकार:
भुटानी शरणार्थी प्रकरण
Share:

नक्कली भुटानी शरणार्थी प्रकरण: ओली-आरजुसहितलाई बयानका लागि झिकाउन माग

नक्कली भुटानी शरणार्थी प्रकरणमा केही उच्चपदस्थ राजनीतिक व्यक्तित्वलाई बयानका लागि झिकाउन माग गरिएको निवेदन जिल्ला अदालत काठमाडौंमा दर्ता भएको छ । कार्यालय समय सकिने बेला न्यायाधीशले निवेदन दर्ता गर्ने निर्णय गरेका हुन् ।

बहसका क्रममा जाहेरवालातर्फका वकिलहरूले एमाले अध्यक्ष केपी शर्मा ओली, उनका स्वकीय सचिव राजेश बज्राचार्य, अख्तियार प्रमुख प्रेम राई, एमाले वरिष्ठ उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, उनकी पत्नी नैनकला थापा, पूर्वमेयर विद्यासुन्दर शाक्य, अजयक्रान्ति शाक्य तथा कांग्रेस नेतृ आरजु राणा र अन्य केही व्यक्तिलाई समेत प्रतिवादी बनाउनुपर्ने माग गरेका छन् ।

जाहेरवालाका वकिलहरूले केपी शर्मा ओली, आरजु राणा लगायतलाई प्रतिवादी बनाएर बयान गराउनुपर्ने माग अदालतसमक्ष राखेका छन् ।

यस निवेदनमाथि अदालतले अबको सुनुवाइमा आदेश जारी गर्नेछ ।

Arjun Basnet

Arjun Basnet

संवाददाता · NM Khabar

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार