NM Khabar 25 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

वीरगञ्ज चिनी मिल सञ्चालनको सम्भाव्यता अध्ययन सुरु

सरकारले वीरगञ्ज चिनी मिल सञ्चालनको सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन गरेको छ। कार्यदलले मिलको भौतिक संरचना र मेसिनरीको वर्तमान अवस्थाको स्थलगत निरीक्षण गरेको छ। १५ दिनभित्र कार्यदलले सञ्चालनको सम्भाव्यता र कार्ययोजनासहितको प्रतिवेदन सरकारलाई बुझाउनेछ।
Kamala Devi
Kamala Devi
25 August 2026, 5:33 pm १ मिनेट पढाइ
आकार:
वीरगञ्ज चिनी मिल
Share:

वीरगञ्ज चिनी मिल सञ्चालनको सम्भाव्यता अध्ययन गर्न सरकारले गठन गरेको कार्यदलले स्थलगत निरीक्षण गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सिनियर डिभिजनइञ्जिनियर (सिडिई) श्रीकान्त यादवको संयोजकत्वमा पिपरास्थित मिलको अनुगमन सम्पन्न भयो।

कार्यदलले कारखानाको भौतिक संरचना, मेसिनरी र पार्टपुर्जाको वर्तमान अवस्थाको अध्ययन गरेको छ। यी संरचनाहरूको उपयोगको सम्भावनाबारे पनि अनुगमन गरिएको संयोजक यादवले बताए।

सरकारले गत भदौ १ गते यो कारखाना पुनःसञ्चालनको सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन गरेको थियो। आपूर्ति मन्त्रालयका शाखा अधिकृत ज्योति पौडेल र मन्त्रालयका सल्लाहकार श्याम शर्मा सदस्य छन्।

कार्यदलले १५ दिनभित्र कारखानाको वर्तमान अवस्थाको विस्तृत अध्ययन गरी पुनःसञ्चालनको सम्भाव्यता र आवश्यक कार्ययोजनासहितको प्रतिवेदन सरकारलाई बुझाउनेछ।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार