NM Khabar 25 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

नापी सर्भेक्षक सुडीविरुद्ध ३ करोड ७१ लाखको गैरकानुनी सम्पत्तिमा मुद्दा

नापी कार्यालय नवलपरासीका सर्भेक्षक विन्देश्वर साह सुडीविरुद्ध ३ करोड ७१ लाखभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जनमा मुद्दा दायर भएको छ। आयोगले सुडीको कुल सम्पत्ति करिब ९ करोड ७५ लाख रहेको र त्यसमध्ये ३ करोड ७१ लाखको स्रोत नखुलेको जनाएको छ। सम्पत्ति जफत गर्ने प्रयोजनार्थ सुडीकी पत्नी सुमीत्रादेवी साहलाई पनि प्रतिवादी बनाइएको छ।
Arjun Basnet
Arjun Basnet
25 August 2026, 5:03 pm १ मिनेट पढाइ
आकार:
सर्भेक्षक सुडी भ्रष्टाचार मुद्दा
Share:

नापी कार्यालय, नवलपरासी (बर्दघाट–सुस्ता–पश्चिम) का सर्भेक्षक विन्देश्वर साह सुडीले पदीय मर्यादा विपरीत कार्य गरी रु तीन करोड ७१ लाख ८४ हजार ५५१ गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ।

आयोगले २०४६ देखि २०८१ सम्मको अवधिमा सुडीले आर्जन गरेको उक्त रकमको स्रोत देखाउन नसकेको दाबी गरेको छ। सोही अवधिमा सुडीले रु छ करोड तीन लाख पचासी हजार ३० वैध आय आर्जन गरेको अभिलेख छ।

सर्भेक्षक सुडीको कुल सम्पत्ति रु नौ करोड ७५ लाख ६९ हजार ५८१ बराबरको रहेको आयोगले जनाएको छ। भ्रष्टाचार निवारण ऐन, २०१७ र २०५९ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को प्रचलित कानुन बमोजिम सम्पत्ति जफत गर्ने प्रयोजनार्थ सुडीकी पत्नी सुमीत्रादेवी साहलाई प्रतिवादी कायम गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले बताए।

Arjun Basnet

Arjun Basnet

संवाददाता · NM Khabar

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार