NM Khabar 15 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

म्याद सकिएका खाद्यवस्तु छ्यापछ्याप्ती, थकाली रेष्टुरेन्टदेखि कोल्ड स्टोरसम्म कैफियत

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमनमा बजारमा म्याद सकिएका खाद्यवस्तु फेला परेका छन्। लैनचौरस्थित गाउँबेसी थकाली रेष्टुरेन्टमा म्याद गुज्रेका रोज वाटर र केवरा वाटर नष्ट गरियो। ठमेलको भागवती कोल्ड स्टोरमा पनि म्याद नाघेका रोज वाटर र सिरप भेटिए।
Sanjay Karki
Sanjay Karki
15 July 2026, 4:32 pm १ मिनेट पढाइ
आकार:
म्याद सकिएका खाद्यवस्तु
Share:

काठमाडौं। बजारमा म्याद सकिएका खाद्यवस्तु छ्यापछ्याप्ती भेटिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको अनुगमनमा रेष्टुरेन्टदेखि कोल्ड स्टोरसम्म कैफियत फेला परेको हो।

लैनचौरस्थित गाउँबेसी थकाली रेष्टुरेन्टको भण्डारण कक्षमा पाँच थान रोज वाटर र एक थान केवरा वाटरको म्याद गुज्रेको भेटियो। विभागले ती वस्तु नष्ट गरेको छ।

ठमेलस्थित भागवती कोल्ड स्टोरमा पनि मिति गुज्रेका ६ थान रोज वाटर र एक थान सिरप भेटिएको छ। यी वस्तुहरू पनि विभागले नष्ट गरेको छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार