धनगढी – नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। एमाले प्रदेश संसदीय दलको बैठकले बुधबार साँझ ५ बजेदेखि लागू हुने गरी समर्थन फिर्ता लिने निर्णय गरेको हो।
मुख्यमन्त्री कमलबहादुर शाहले बजेट पुनर्लेखनको माग राख्दै आएका एमालेका मन्त्रीहरूलाई बर्खास्त गरेपछि यो निर्णय आएको हो। शाहले बुधबार भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा, आन्तरिक मामिला तथा कानुन मन्त्री हीरा सार्की तथा भौतिक पूर्वाधार विकास राज्यमन्त्री निर्मला साउँदलाई बर्खास्त गरेका थिए।
एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले समर्थन फिर्ता लिइएको जानकारी दिए।
