NM Khabar 11 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

नक्कली भुटानी शरणार्थी प्रकरण: ओलीसहितलाई बयानमा बोलाउन माग गर्दै निवेदन

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित ६ जनालाई बयानका लागि अदालतमा बोलाउन माग गर्दै जिल्ला अदालत काठमाडौँमा निवेदन दर्ता भएको छ। अधिवक्ता भद्रप्रसाद नेपालले ओली, रामबहादुर थापा बादल, आरजु देउवा लगायतलाई बयानमा बोलाउन माग गरेका छन्। मुद्दाको सुनुवाइ अन्तिम चरणमा पुगेको छ।
Arjun Basnet
Arjun Basnet
11 June 2026, 5:33 pm १ मिनेट पढाइ
आकार:
नक्कली भुटानी शरणार्थी प्रकरण
Share:

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित ६ जनालाई बयानका लागि बोलाउन माग गर्दै जिल्ला अदालत काठमाडौँमा बिहीबार निवेदन दर्ता भएको छ।

अधिवक्ता भद्रप्रसाद नेपाल (स्वागत) ले ओली, पूर्व गृहमन्त्री रामबहादुर थापा बादल, अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राई, कांग्रेस नेतृ आरजु देउवा, मञ्जु खाण र राजेश बज्राचार्यलाई बयानमा बोलाउनुपर्ने माग गर्दै निवेदन दर्ता गराएका हुन्।

यी व्यक्तिहरूले रकम बुझेको भनी दिएको अडियो र भिडियो प्रमाणसहितको निवेदन मिसिलमा संलग्न छ। अधिवक्ता नेपालले उक्त निवेदनमा केन्द्रित भएर शुक्रबार अदालतमा बहस हुने बताए।

जिल्ला न्यायाधीश तेजबहादुर खड्काको इजलासमा भुटानी शरणार्थी प्रकरण सम्बन्धी मुद्दाको सुनुवाइ अन्तिम चरणमा छ। नक्कली कागजात तयार पारी नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएको अभियोगपत्रमा दाबी छ।

सङ्गठित अपराधसहित पाँच अभियोगमा मुद्दा दायर भएको झण्डै तीन वर्षपछि जिल्ला अदालतमा पेसी चढेको हो। २०८० जेठ १० मा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृह सचिव टेकनारायण पाण्डे, पूर्व सांसद आङटावा शेर्पा र तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित ३० जना विरुद्ध किर्ते, ठगी, सङ्गठित अपराध र राज्यविरुद्धको अपराधमा मुद्दा दायर भएको थियो।

Arjun Basnet

Arjun Basnet

संवाददाता · NM Khabar

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार