NM Khabar 7 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

Dristy Mishra
Dristy Mishra
31 March 2026, 3:22 am १ मिनेट पढाइ
आकार:
विज्ञापन Sponsor
Share:

काठमाडौंका पूर्व प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाल पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रिजाललाई आज मंगलबार बिहान सुविधानगरस्थित उनकै निवासबाट नियन्त्रणमा लिएको हो।

गत भदौ २३ र २४ गते नयाँ बानेश्वर क्षेत्रमा भएको ‘जेनजी’ (Gen-Z) आन्दोलनका क्रममा प्रदर्शनकारीमाथि अन्धाधुन्ध बल प्रयोग र गोली चलाउन आदेश दिएको अभियोगमा उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ। सो आन्दोलनमा किशोरहरूको ज्यान गएपछि सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको थियो।

Dristy Mishra

Dristy Mishra

संवाददाता · NM Khabar

NM Khabar का आधिकारिक संवाददाता। सत्य, तथ्य र निष्पक्ष समाचारको लागि हामीलाई पछ्याउनुहोस्।

सम्बन्धित समाचार