दक्षिणी गाजाको खान युनिसस्थित अल–मवासी क्षेत्रमा इजरायलले गरेको हवाई आक्रमणमा पाँच जना प्यालेस्टिनीको मृत्यु भएको छ भने १० भन्दा बढी घाइते भएका छन्।
हमासद्वारा सञ्चालित प्रहरी महानिर्देशनालयका अनुसार इजरायली युद्धक विमानले उक्त क्षेत्रमा रहेको हमास प्रहरी चौकीलाई लक्षित गरी दुईवटा मिसाइल प्रहार गरेको थियो। यस आक्रमणबाट मानवीय क्षति भएको बताइएको छ।
