NM Khabar 15 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

कैलालीको बन कर्मचारी र पीडितबीच प्रहरीले गराउँदैछ छलफल

कैलालीको गोदावरी सामुदायिक वन क्षेत्रमा राजमार्गबाट टेम्पो भिरमा धकेल्ने वन कर्मचारी र पीडितबीच प्रहरीले छलफल गराउने भएको छ। घटनाको भिडियो भाइरल भएपछि १२ जना वन कर्मचारी पक्राउ परेका छन्। प्रहरीले सहमति नभए अनुसन्धान अघि बढाउने बताएको छ।
Kamala Devi
Kamala Devi
15 June 2026, 10:17 am १ मिनेट पढाइ
आकार:
कैलाली बन घटना
Share:

कैलालीको गोदावरी सामुदायिक वन क्षेत्रको राजमार्गबाट टेम्पो भिरमा धकेल्ने वन कर्मचारी र पीडितबीच प्रहरीले छलफल गराउने भएको छ। भीमदत्त राजमार्गको गाइमारेमा शनिबार टेम्पोमा व्यापार गरेको आरोपमा वन कर्मचारीले स्थानीयको टेम्पो भिरबाट धकेलेर खसालेका थिए।

टेम्पो खसालेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले आइतबार साँझ डिभिजन वन कार्यालय र सब डिभिजन वन कार्यालयका १२ कर्मचारीलाई पक्राउ गरी हिरासतमा राखेको छ। पक्राउ पर्नेमा दुई वन अधिकृत र अन्य वन रक्षकहरू छन्।

कैलालीका एसपी नरेन्द्र चन्दले पहिलो चरणमा कर्मचारी र पीडितबीच छलफल गराइने बताए। उनले भने, ‘पहिलो चरणमा छलफल गराउँछौँ, सहमति नभएमा जाहेरी लिएर अनुसन्धान अघि बढ्छ।’

प्रहरीले पक्राउ परेका कर्मचारीहरूसँग घटनाबारे सोधपुछ गरिरहेको छ। पक्राउ परेका कर्मचारीहरूको नाम भने सार्वजनिक गरिएको छैन। वन कार्यालयको आरोप छ कि टेम्पोलाई टहराको रूपमा प्रयोग गरी वन क्षेत्र अतिक्रमण गरेर व्यापार गरिएको थियो।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार