NM Khabar 9 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

नवनियुक्त मन्त्रीको शपथ अपराह्न ४:३० बजे, सुधन गुरुङ र महावीर पुन नियुक्त

प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् विस्तार गर्दै दुई नयाँ मन्त्री नियुक्तिको सिफारिस गरेका छन्। सुधन गुरुङले पुनः गृह मन्त्रालयको जिम्मेवारी पाउनेछन् भने महावीर पुन नवप्रवर्तनमन्त्री नियुक्त हुनेछन्। नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रम मंगलबार अपराह्न ४:३० बजे शीतल निवासमा तय भएको छ।
Laxmi Bhattarai
Laxmi Bhattarai
9 June 2026, 3:17 pm १ मिनेट पढाइ
आकार:
मन्त्रीको शपथ
Share:

गृह मन्त्रालयको जिम्मेवारीमा सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुन नियुक्त भएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई मन्त्री नियुक्त गरेका हुन्।

नवनियुक्त मन्त्रीद्वयको शपथ ग्रहण कार्यक्रम मंगलबार अपराह्न ४:३० बजे शीतल निवासमा तय भएको छ। यसअघि दिउँसो ३ बजेका लागि तोकिएको शपथ कार्यक्रम प्राविधिक तयारीका कारण ढिलो भएको हो।

यसअघि गृहमन्त्री रहेका गुरुङले सम्पत्तिमाथि प्रश्न उठेपछि राजीनामा दिएका थिए। उनको सम्पत्ति छानबिन गर्न बनेको समितिले प्रतिवेदन बुझाइसकेपछि गुरुङ पुनः सरकारमा फर्किएका हुन्।

नवप्रवर्तनमन्त्री पुन स्वतन्त्र सांसद हुन्। उनी यसअघि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा शिक्षामन्त्री थिए।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार