NM Khabar 14 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

ओरिएन्टल सहकारीका २८४ ऋणीको विवरण सार्वजनिक, तत्काल ऋण नतिरे असुलीको प्रक्रियामा लगिने

समस्याग्रस्त ओरिएन्टल सहकारीका २८४ ऋणीको तीन पुस्तेसहितको विवरण सार्वजनिक गरिएको छ। भूमि व्यवस्था मन्त्रालयले तत्काल ऋण नतिरे कानुन बमोजिम असुली गरिने जनाएको छ।
Arjun Basnet
Arjun Basnet
14 May 2026, 9:36 pm १ मिनेट पढाइ
आकार:
Share:

समस्याग्रस्त ओरिएन्टल सहकारी संस्थाका २८४ ऋणीको तीन पुस्तेसहितको विवरण सार्वजनिक भएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले ऋणीहरूलाई तत्काल ऋण चुक्ता गर्न निर्देशन दिएको हो।

कार्यालयले सार्वजनिक गरेको सूचनामा ऋणीहरूलाई यथाशीघ्र ऋण चुक्ता गर्न भनिएको छ। तोकिएको समयभित्र ऋण नबुझाए कानुन बमोजिम असुली प्रक्रिया अगाडि बढाइने चेतावनी दिइएको छ।

Arjun Basnet

Arjun Basnet

संवाददाता · NM Khabar

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार