NM Khabar 24 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

कृष्णभिर नजिक पहिरो: पृथ्वी राजमार्ग एकतर्फी

धादिङको कृष्णभिर नजिक लेदोसहितको पहिरो खस्दा पृथ्वी राजमार्ग एकतर्फी भएको छ। ज्यामिरेमा पनि पहिरो खसेको छ। वर्षाका कारण राजमार्गमा यातायात प्रभावित भएको छ।
Sanjay Karki
Sanjay Karki
24 September 2026, 7:02 am १ मिनेट पढाइ
आकार:
पृथ्वी राजमार्ग पहिरो
Share:

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभिर नजिक लेदोसहितको पहिरो खस्दा राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ। शुक्रबार बिहान बेनीघाट रोराङ गाउँपालिका-७ स्थित कृष्णभिरभन्दा करिब १०० मिटर अगाडि पहिरो खसेको हो।

सोही गाउँपालिकाको वडा नम्बर ९ स्थित ज्यामिरेमा पनि पहिरो गएको छ। धादिङ प्रहरीका अनुसार पहिरोस्थलमा अहिले पनि पानी परिरहेको छ।

यसअघि १० र १४ भदौमा भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले कृष्णभिरमा सडक कटान गर्दा राजमार्ग १८ दिनसम्म अवरुद्ध बनेको थियो। नयाँ ट्र्याक खोलेर १ असोजदेखि राजमार्ग पुनः सञ्चालनमा ल्याइएको थियो।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार