NM Khabar 7 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

राष्ट्रियसभा सदस्य पार्कीविरुद्ध पक्राउ पुर्जी जारी

राष्ट्रियसभा सदस्य जगतबहादुर पार्कीविरुद्ध बैंकिङ कसुरको मुद्दामा पक्राउ पुर्जी जारी भएको छ। कैलाली जिल्ला अदालतले जारी गरेको पुर्जीपछि प्रहरीले उनको खोजी गरिरहेको छ।
Arjun Basnet
Arjun Basnet
7 May 2026, 5:02 pm १ मिनेट पढाइ
आकार:
Share:

राष्ट्रियसभा सदस्य जगतबहादुर पार्कीविरुद्ध बैंकिङ कसुरको मुद्दामा पक्राउ पुर्जी जारी भएको छ।

कैलाली जिल्ला अदालतले तत्कालीन नेकपा (माओवादी केन्द्र) बाट राष्ट्रियसभा सदस्य रहेका पार्कीविरुद्ध उक्त पुर्जी जारी गरेको हो। डडेल्धुराको आलिताल गाउँपालिका–७ स्थायी ठेगाना भएका पार्कीविरुद्ध धनगढी उपमहानगरपालिका–३ का नरेशबहादुर थापाले बैंकिङ कसुरसम्बन्धी मुद्दा चैत २ गते कैलाली जिल्ला अदालतमा दायर गरेका थिए।

जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी योगेन्द्र तिमिल्सिनाले सांसद पार्कीविरुद्ध पक्राउ पुर्जी जारी भएको र उनको खोजी भइरहेको पुष्टि गरेका छन्।

Arjun Basnet

Arjun Basnet

संवाददाता · NM Khabar

Nmkhabar का राजनीतिक अनुसन्धान संवाददाता। भ्रष्टाचार, सम्पत्ति विवरण र शासकीय जवाफदेहिताका विषयमा विशेष दक्षता राख्छन्।

सम्बन्धित समाचार