NM Khabar 30 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

गणतन्त्र दिवस: टुँडिखेलमा विशेष समारोह, राष्ट्रपतिबाट सम्बोधन

• गणतन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ। • समारोहलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्नेछन्। • यस वर्ष प्रधानमन्त्रीले सम्बोधन नगर्ने भएका छन्।
Laxmi Bhattarai
Laxmi Bhattarai
29 May 2026, 8:32 am १ मिनेट पढाइ
आकार:
Share:

जनआन्दोलन २०६२/६३ को जगमा २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिनको स्मरणमा आज देशभर गणतन्त्र दिवस मनाइँदैछ।

यस ऐतिहासिक दिनको सम्झनामा हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवस मनाउने गरिन्छ। यो वंशीय शासनलाई जनताले जितेको उत्सव हो।

यस अवसरमा सैनिक मञ्च टुँडिखेलमा एक विशेष समारोह आयोजना गरिएको छ। समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष लगायत उच्च पदस्थ व्यक्तित्वहरूको उपस्थिति छ।

समारोहमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका तर्फबाट मार्चपास्ट र विभिन्न सांस्कृतिक झाँकीहरू प्रदर्शन गरिनेछ। गौरवमय परिवर्तनका लागि सहादत प्राप्त गर्ने शहीदप्रति श्रद्धाञ्जलि अर्पण गरिनेछ।

यस वर्षको गणतन्त्र दिवस समारोहलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्ने कार्यक्रम छ। यसअघि प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा थियो। प्रधानमन्त्रीको सचिवालयले उहाँ समारोहमा सहभागी हुने तर सम्बोधन नगर्ने जनाएको छ।

सरकारले गणतन्त्र दिवसको अवसरमा देशभर सार्वजनिक बिदा दिएको छ।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार