NM Khabar 21 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

सहकारी मन्त्रीको दाबी: राज्यकोषबाट एक पैसा पनि खर्च नगरी बचत फिर्ता

सहकारी मन्त्री प्रतिभा रावलले समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्न राज्यकोषबाट हालसम्म एक पैसा पनि खर्च नभएको स्पष्ट पारेकी छन्। पछिल्लो तीन महिनामा आठ समस्याग्रस्त सहकारीका १,४५२ साना बचतकर्तालाई ५९ लाख ४ हजार ६ सय रुपैयाँ फिर्ता गरियो।
Laxmi Bhattarai
Laxmi Bhattarai
17 June 2026, 8:56 pm १ मिनेट पढाइ
आकार:
Share:

समस्याग्रस्त सहकारीका बचतकर्तालाई रकम फिर्ता गर्न राज्यकोषको एक पैसा पनि खर्च नभएको सहकारी मन्त्री प्रतिभा रावलले स्पष्ट पारेकी छन्।

बुधबार प्रतिनिधिसभामा सांसदहरूले प्रश्न उठाए। मन्त्री रावलले सहकारी बचत फिर्तामा राज्यकोषको रकम प्रयोग भएको भ्रमबाट मुक्त हुन आग्रह गरिन्।

सहकारी बचत फिर्ताबारे स्पष्ट पार्दै उनले भनिन्, ‘समस्याग्रस्त सहकारी संस्थाका बचतकर्ताको बचत फिर्ताका लागि हालसम्म नेपाल सरकारको राज्यकोषबाट एक पैसापनि खर्च गरिएको छैन। त्यसैले यस प्रयोजनका लागि राज्यकोषको रकम खर्च गरिएको भन्ने भ्रमबाट मुक्त हुन सम्पूर्ण माननीय सदस्यहरूलाई अनुरोध गर्दछु।’

पछिल्लो तीन महिनामा आठ समस्याग्रस्त सहकारीका १,४५२ साना बचतकर्ताले रकम फिर्ता पाए। १० हजार वा सोभन्दा कम बचत भएका उनीहरूलाई कुल ५९ लाख ४ हजार ६ सय रुपैयाँ दिइयो।

सोही अवधिमा ३ करोड ५४ लाख ५९ हजार रुपैयाँ ऋण असुली भइसकेको मन्त्री रावलले जानकारी दिइन्।

‘३ महिनाभित्र ३ करोड ५४ लाख ५९ हजार रुपैयाँ ऋण असुली भइसकेको छ । उक्त रमक सम्बन्धित संस्थाका सञ्चालक, व्यवस्थापक, लेखासमिति, ऋण उपसमिति पदाधिकारी तथा निजहरुको एकाघर परिवारको सदस्यहरुको सम्पती र बैंक खाता रोक्का र सहकारी संस्थाको सम्पतीबाट व्यवस्थापन गरिएको हो,’ उनले भनिन्।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार