सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–५ मा आगलागी हुँदा १२ घर जलेर नष्ट भएका छन्।
स्थानीय बुचु खङ्गको घरबाट सुरु भएको आगोले निजसहित पाँच परिवारका घरहरू पूर्ण रूपमा क्षति पुर्याएको छ। सगन खङ्ग, दुखाई खङ्ग, लखन खङ्ग र नारायण खङ्गको घरसमेत जलेको स्थानीयवासी मनोज मेहताले जानकारी दिए।
आगलागीको कारण अझै खुलेको छैन। यस घटनाबाट करिब २५ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान छ।
स्थानीयवासी र प्रहरीले आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
