NM Khabar 7 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

सिंहदरबारभित्रै म्याद गुज्रिएको दही बेच्ने ‘हाम्रो खाजा घर’लाई २ लाख ५ हजार जरिवाना

सिंहदरबारभित्रै म्याद गुज्रिएको दही बेचेको पाइएपछि 'हाम्रो खाजा घर'लाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले २ लाख ५ हजार रुपैयाँ जरिवाना गरेको छ। आकस्मिक बजार अनुगमनका क्रममा उक्त खाजा घरमा म्याद सकिएको दही बिक्रीका लागि राखिएको फेला परेको थियो।
Arjun Basnet
Arjun Basnet
7 May 2026, 4:04 pm १ मिनेट पढाइ
आकार:
Share:

सिंहदरबारभित्रै म्याद गुज्रिएको दही बेचेको पाइएपछि ‘हाम्रो खाजा घर’लाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले २ लाख ५ हजार रुपैयाँ जरिवाना गरेको छ। आकस्मिक बजार अनुगमनका क्रममा उक्त खाजा घरमा म्याद सकिएको दही बिक्रीका लागि राखिएको पाइएपछि जरिवाना गरिएको हो।

काठमाडौँ महानगरपालिका-११ मा रहेको यो खाजा घर राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको हाताभित्र सञ्चालनमा छ। अनुगमन टोलीले खाजा घरमा बिक्रीका लागि राखिएको दहीको म्याद गुज्रिएको फेला पारेको थियो।

उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ (ङ) बमोजिम कसुर ठहर गर्दै सोही ऐनको दफा ३९ (१) (ख) अनुसार जरिवाना गर्ने निर्णय भएको विभागले जनाएको छ। यस कसुरमा खाजा घरलाई तत्काल २ लाख ५ हजार रुपैयाँ जरिवाना तिराइएको अनुगमनमा सहभागी एक अधिकारीले बताए।

Arjun Basnet

Arjun Basnet

संवाददाता · NM Khabar

Nmkhabar का राजनीतिक अनुसन्धान संवाददाता। भ्रष्टाचार, सम्पत्ति विवरण र शासकीय जवाफदेहिताका विषयमा विशेष दक्षता राख्छन्।

सम्बन्धित समाचार